रियल मड्रिड क्लब विश्वकपको उपाधि नजिक
फरकधार / २६ माघ, २०७९
यो सामग्री सेयर गर्नुहोस्

रियल मड्रिड फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।​ मोरक्कोमा गएराति सम्पन्न सेमिफाइनलमा इजिप्टको अल आलीलाई ४–१ ले हराउँदै मड्रिड फाइनलमा प्रवेश गरेको हो ।



रियलले ४२ औं मिनेटमा भिनिसियस जुनियरको गोलमार्फत अग्रता लिएको थियो । ४६ औं मिनेटमा फेडेरिको भाल्भर्डेले टिमका लागि दोस्रो गोल थपे । 



६५ औं मिनेटमा अल आलीले खेलमा फर्कने प्रयास गर्‍यो । अली मालोउलले पेनाल्टीमा गोल गर्दै रियलसँगको दूरी २–१ मा झारेका थिए । ८७ औं मिनेटमा लुका मोड्रिच पेनाल्टीमा चुके । 



इन्जुरी समयमा रोद्रिगोले गोल गरेपछि रियाल बलियो स्थितिमा पुगेको थियो । लगत्तै वैकल्पिक खेलाडी सर्जियो आरिबासको गोलसँगै रियल फाइनलमा पुगे ।



रियलले अब शनिबार साउदी अरेबियाको अल हिलालको सामना गर्नेछ । अल हिलाल ब्राजिलको फ्लामियालाई हराउँदै फाइनल पुगेको थियो ।  





  • प्रकाशित मिति : माघ २६, २०७९ बिहीबार ८:३५:१,   अन्तिम अपडेट : माघ २६, २०७९ बिहीबार ८:३७:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया