सरकारी वकिलको कार्यालयले मगायो रवि लामिछानेको राहदानीसम्बन्धी कागजात
फाइल तस्बिर

 जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको नागरिकता, राहदानीलगायत कागजात मगाएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्युतमणि न्यौपानेका अनुसार लामिछानेविरुद्ध परेको जाहेरीमाथि छानबिन गर्न आवश्यक कागजात मगाइएको हो । 

‘हामीले उहाँका काठमाडौं जिल्ला प्रशासन कार्यालय, राहदानी विभागबाट जारी भएका नागरिकता, राहदानी र अध्यागमन विभागबाट पनि आवश्यक कागजात मगाएका हौँ,’ उनले भने, ‘त्यहाँबाट कागजात आएपछि अध्ययन गरेर निर्णय गर्छौँ ।’

युवराज पौडेलले जिल्ला प्रहरी परिसरमा निवर्तमान गृहमन्त्री रवि लामिछानेले कायम नभएको नागरिकता चलाएको र झुटा विवरण दिएर राहदानी बनाएको भन्दै जाहेरी दिएका थिए । 

काठमाडौं प्रहरीले उक्त जाहेरी दर्ता गर्न नमानेपछि उनले सरकारी वकिल कार्यालयमा जाहेरी दिएका थिए । सरकारी वकिल कार्यालय, काठमाडौंले अध्यागमन विभागलाई २८ वैशाख २०७२ मा लामिछानेले लिएको ०८८३४८३८ नम्बरको नेपाली पासपोर्ट लिएपछि विदेश भ्रमण गरे/नगरेकोबारे विवरण पठाउन भनेको छ । 





  • प्रकाशित मिति : माघ २६, २०७९ बिहीबार १३:५९:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया