बंगलादेशले चुम्यो साफ महिला यु-२० च्याम्पियनसिपको उपाधि,  नेपाल ३-० ले पराजित

दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यु-२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा नेपालले दोस्रो स्थानमा चित्त बुझाउनु परेको छ ।​

बंगलादेशले ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तफा कमल स्टेडियममा भएको फाइनल भिडन्तमा नेपालले दोस्रो स्थानमा चित्त बुझाउनुपरेको हो । बिहीबार साँझ घरेलु टोली बंगलादेशसँग भिडेको नेपाल ३-० गोलले पराजित हुन पुग्यो ।​

बंगलादेशले ४१ औं मिनेट पहिलो र ८६ औँ मिनेटमा दोस्रो गोल गरेको थियो । त्यसमाथि इन्जुरी समयमा थप एक गोल गरेपछि बंगलादेश महिला साफ च्याम्पियनको विजेता बन्न सफल भयो ।

भारतलाई हराएर आएको नेपाल र भुटानलाई हराएर फाइनलमा पुगेको घरेलु टोली बंगलादेश फाइनलमा पुगेका थिए ।
 





  • प्रकाशित मिति : माघ २६, २०७९ बिहीबार २१:५४:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया