फिफा उत्कृष्ट वर्ष खेलाडीको अन्तिम सूचीमा मेस्सी, एमबाप्पे र बेन्जिमा

फिफा उत्कृष्ट वर्ष खेलाडीको मनोनयन सूची सार्वजनिक भएको छ । यसपटक मनोनयनमा अर्जेन्टिनाका लियोनल मेस्सी, फ्रान्सका केलियन एमबाप्पे र करिम बेन्जिमा अटाएका छन् ।   

फिफाले गएराति मेस्सीसहित उत्कृष्ट तीनमा पर्न सफल खेलाडीको सूची सार्वजनिक गरेको हो । विश्वकप विजेता मेस्सीले अब यो अवार्डका लागि एम्बाप्पे र बेन्जिमासँग प्रतिस्पर्धा गर्नेछन् । 

फिफा सदस्य राष्ट्रका प्रशिक्षक, कप्तान, पत्रकार र समर्थकले १४ खेलाडीलाई दिएको मतका आधारमा अन्तिम तीनको नाम तय भएको हो । अवार्डका मुख्य दाबेदार मेस्सीले कतार विश्वकपमा अर्जेन्टिनाले ३६ वर्षपछि उपाधि जिताउँदै प्रतियोगिताकै उत्कृष्ट खेलाडी बनेका थिए । 

फाइनलमा पुगेको फ्रान्सका लागि ह्याट्रिक गरेका एम्बाप्पे र सन् २०२२ को बालेन डि’ओर विजेता बेन्जिमा पहिलोपटक उत्कृष्ट तीनमा परेका हुन् ।

महिलातर्फ स्पेनकी एलिक्सिया प्युटेला, इङल्यान्डकी बेथ मिड र अमेरिकाकी एलेक्स मोर्गन प्रतिस्पर्धामा छन् । फिफाका सदस्य राष्ट्र, प्रशिक्षक, पत्रकार मतका आधारमा विजेता छनोट गरिनेछ ।

सन् २०१६ बाट सुरु भएको अवार्ड क्रिस्टियानो रोनाल्डो र रोबर्ट लेवान्डोस्कीले दुई/दुई तथा मेस्सी र लुका मोड्रिचले एक/एक पटक प्राप्त गरेका छन् । यो अवार्ड विजेताको घोषणा २७ फेब्रुअरीमा हुनेछ ।   





  • प्रकाशित मिति : माघ २८, २०७९ शनिबार ८:८:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया