मधेस प्रदेश सरकारले सहिद परिवारलाई बाँड्यो पाँच करोड ४० लाख

मधेस प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा ५४० जना सहिद परिवारलाई एक–एक लाखको दरले सहयोग गरेको छ ।
 
मधेस प्रदेश सरकारले दोस्रो जनयुद्ध दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले जनयुद्धका सहिद रामवृक्ष यादवको परिवारका सदस्य सुधा यादवलाई १ लाखको चेक हस्तान्तरण गरेका हुन् ।

बाँकी रहेका ५३९ जना सहिद परिवारको खातामै रकम पठाइने गृह तथा सञ्चार मन्त्रालयका सचिव रामकुमार महतोले जानकारी दिए ।

उपराष्ट्रपति पुनले जनयुद्धका शहीद परिवारलाई दोसल्ला ओढाएर सम्मानसमेत गरेका थिए ।





  • प्रकाशित मिति : फागुन १, २०७९ साेमबार १७:२८:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया