क्रिकेटमा सन्दीपको उत्कृष्ट कमब्याक, पहिलो ओभरमै लिए विकेट
फाइल तस्बिर

नेपाली लेग स्पिनर सन्दीप लामिछानेले क्रिकेटमा उत्कृष्ट कमब्याक गरेका छन् । जबरर्जस्तीकरणको आरोपपछि ६ महिना मैदान बाहिर रहेका उनले आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक सिरिजअन्तर्गत नामिबियाविरुद्ध उत्कृष्ट कमब्याक गरेका हुन् । 

सन्दीपले आफ्नो पहिलो ओभरमै विकेट लिए । उनले आफ्नो पहिलो ओभरको दोस्रो बलमै नामिबियाका ओपनिङ ब्याटर कार्ल बर्केनस्टकलाई १३ रनमा बोल्ड गरे ।   

विकेट लिएपछि सन्दीप भावुक हुँदै रोएका थिए । उनलाई अन्य खेलाडी साथीहरूले सम्हालेका थिए । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपालले पहिलो विकेट २.५ ओभरमा लियो । नेपाललाई पहिलो सफलता तीव्र गतिका बलर सोमपाल कामीले दिलाए । 

उनले नामिबियाका ओपनिङ ब्याटर लो–हान्डरे लरेन्सलाई ५ रनमा बोल्ड गरे । सिरिजमा नेपाल पाहुना टोली नामिबियालाई हराउँदै सुखद सुरुवात गर्न चाहन्छ । यद्यपि लिग–२ मा राम्रो लयमा रहेको नामिबियालाई हराउन नेपाललाई सहज भने पक्कै छैन । अहिलेसम्म लिग–२ मा नामिबियाले ३० म्याच खेल्दा १८ मा जित, ११ मा हार तथा एक खेलमा अंक बाँडेको छ । 

ऊ ३७ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । यता नेपाल भने तालिकाको छैटौँ स्थानमा छ । सबैभन्दा कम २४ खेल खेलेको नेपालले १४ मा हार, आठमा जित र दुई खेलमा अंक बाँडेको छ ।

तालिकामा सुधार गर्न नेपालले घरेलु सिरिजमा उत्कृष्ट प्रदर्शन गर्नुको विकल्प छैन । हालसम्म नेपाल र नामिबियाको चार अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा भेट भएको छ । जसमा नेपालले नामिबियालाई हराउन सकेको छैन ।



नेपालको प्लेइङ–११ : आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी । 



  • प्रकाशित मिति : फागुन २, २०७९ मंगलबार १०:४:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया