कप्तान रोहितकुमार पौडेल एकदिवसीय अन्तर्राष्ट्रियमा १ हजार रन पूरा गर्ने पहिलो नेपाली क्रिकेटर बनेका छन् । आइसिसी विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिजअन्तर्गत नामिबियाविरुद्ध ५५ रन बनाएलगत्तै उनले यो उपलब्धि हासिल गरेका हुन् ।
रोहितले ३३ खेलमा १ हजार रन पूरा गरे । हालसम्म रोहितले एकदिवसीय अन्तर्राष्ट्रियमा एक शतक र ६ अर्धशतकीय पारी खेलेका छन् । उनी नेपालको तर्फबाट एकदिवसीयमा उच्च स्कोर बनाउने ब्याटर पनि हुन् ।
यो प्रारूपमा रोहितको उच्च स्कोर १ सय २६ रन हो । उनले गत चैतमा कीर्तिपुरस्थित त्रिवि मैदानमा पपुवा न्यूगिनी (पिएनजी) विरुद्ध सात चौका र चार छक्काको सहयोगमा १ सय २६ रन बनाए ।
एकदिवसीयमा सर्वाधिक रन बनाउने नेपाली ब्याटरको सूचीमा दोस्रो स्थानमा पूर्वकप्तान ज्ञानेन्द्र मल्ल रहेका छन् । उनले हालसम्म २७ म्याच खेलेका छन् । जसमा ज्ञानेन्द्रले ७ सय ३४ रन बनाएका छन् ।
एकदिवसीयमा हालसम्म उनले ६ अर्धशतक बनाएका छन् । ज्ञानेन्द्रको उच्च ७५ रन हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।