नेपालको शानदार जित, नामिबिया दुई विकेटले पराजित
फरकधार / २ फागुन, २०७९
यो सामग्री सेयर गर्नुहोस्

आइसिसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत शृखंलाअन्तर्गत नामिबियाविरुद्ध नेपालले शानदार जित निकालेको छ । 



काठमाडौंको कीर्तिपुरस्थित क्रिकेट मैदानमा भएको खेलमा नेपालले ओपनर कुशल भुर्तेलको शतक प्रहारमा नामिबियालाई दुई विकेटले पराजित गरेको हो । 



नामिबियाले दिएको २८६ रनको चुनौती नेपालले ४७.४ ओभरमा ८ विकेट गुमाएर १४ बल बाँकी छँदै भेट्याएको हो । यसका लागि कुशल भुर्तेलले १३३ बलमा ४ छक्का र १० चौका प्रहार गर्दै ११५ रन जोडे । 



यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा अलआउट हुँदै २८५ रन जोडेको थियो । 



नाामिबियाले माइकल भान लिगेनको १३३ र कप्तान जर्हार्ड इरासमसले ५६ रन जोडेसँगै नेपाललाई २८६ रनको चुनौती दिएको हो । 

नामिबियालाई सस्तैमा समेट्ने प्रयासमा नेपालका लागि करण केसीले ५ विकेट, सन्दीप लामिछानेले ३ तथा सोमपाल कामी र कुशल मल्लले एक/एक विकेट लिए।





  • प्रकाशित मिति : फागुन २, २०७९ मंगलबार १८:६:२४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया