यातायात व्यवस्था कार्यालय जनकपुरबाट २० हजारमा लाइसेन्स पाइने गरेको एमाले सांसदको दाबी

नेकपा एमाले मधेस प्रदेशका सांसद दीपेन्द्रकुमार ठाकुरले यातायात व्यवस्था कार्यालय जनकपुरमा चरम भ्रष्टाचार भइरहेको दाबी गरेका छन् ।
 
मंगलबार बसेको प्रदेश सभाको पहिलो अधिवेशनको पाँचौँ बैठकमा बोल्दै प्रदेशसभा सदस्य ठाकुरले यातायात व्यवस्था कार्यालय जनकपुरमा लाइसेन्स वितरणमा भइरहेको व्यापक भ्रष्टाचारको अन्त्य गर्न माग गरेका हुन् ।

उनले भने, ‘जनकपुर यातायात कार्यालयमा ७७ वटै जिल्लाका मान्छे लाइसेन्स लिन आउँछन् । यातायात कार्यालयको डाटा हेर्दा महिनामा ५ हजार लाइसेन्स वितरण भइरहेको छ । यो ५ हजार लाइसेन्समा करिब १० करोड भ्रष्टाचार भएको होला ।’
 
यातायात व्यवस्था कार्यालय जनकपुरबाट २० हजार रुपैयाँमा लाइसेन्स पाउने गरेकोसमेत उनले आरोप लगाए ।





  • प्रकाशित मिति : फागुन २, २०७९ मंगलबार २२:१५:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया