युइएफए च्याम्पियन्स लिगअन्तर्गत प्रि–क्वाटरफाइनलको पहिलो लेगमा पेरिस सेन्ट जर्मेन (पिएसजी) पराजित भएको छ । गएराति सम्पन्न खेलमा ऊ घरेलु मैदान पार्क डेस प्रिन्सेसमा जर्मन क्लब बायर्न म्युनिखसँग १–० ले पराजित भएको हो ।
बायर्नको जितमा लाडी किङ्सले कोमानले निर्णायक गोल गरे । उनले ५३ औं मिनेटमा अलफन्सो डाभिसको पासमा गोल गरेका थिए ।
अन्तिम समयमा बायर्न १० खेलाडीमा सीमित भए पनि खेल भने गुमाएन । दोहोरो पहेँलो कार्ड पाएपछि बेन्जामिन पाभार्ड मैदानबाट बाहिरिएका थिए ।
पिएसजीले बायर्नविरुद्ध लियोनेल मेस्सी, केलियन एमबाप्पे, नेयमार, रामोस, हकिमीलगायत स्टारलाई खेलाए पनि जित निकाल्न भने असफल भयो ।
पिएसजी र बायर्नले दोस्रो अर्को साता खेल्ने छन् । दोस्रो लेग बायर्नको मैदानमा हुनेछ ।
क्वाटरफाइनल यात्रा जीवितै राख्न पिएसजीले दोस्रो लेग जित्नैपर्ने हुन्छ । यदि सो लेगमा हार बेहोरे बायर्नले क्वाटरफाइनलको यात्रा तय गर्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।