भारतलाई घरेलु मैदानमा स्तब्ध पार्ने योजनामा नेपाल

नेपाली राष्ट्रिय महिला टोलीले आज भारतसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ । नेपाल र भारतबीचको पहिलो खेल चेन्नईस्थित जवाहरलाल नेहरु स्टेडियममा साँझ ७:४५ देखि सुरु हुनेछ ।  

ओलम्पिक छनोटको तयारीस्वरूप भारतले नेपालसँग दुई मैत्रीपूर्ण म्याच खेल्न लागेको हो । आज दुवै टोली उत्कृष्ट जित निकाल्दै सुखद सुरुवात गर्ने योजनामा छन् । 

नेपाल र भारतले गत भदौमा काठमाडौंमा आयोजना भएको साफ च्याम्पियनसिपपछि एकअर्काविरुद्ध खेल्न लागेका हुन् । दशरथ रंगशालामा भएको साफको सेमिफाइनलमा नेपालले भारतलाई १–० ले हराएको थियो । नेपाल आज पनि सोही लय कायम राख्दै भारतलाई घरेलु मैदानमा स्तब्ध पार्न चाहन्छ । 

भारत घरेलु समर्थक र मैदानको फाइदा उठाउँदै नेपालसँग बदला लिने सोचमा छ । नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल शनिबार हुनेछ । भारतसँगको मैत्रीपूर्ण खेलमा पनि नेपाली टोलीको कप्तानी गोलकिपर एन्जिला सुब्बाले गर्ने छिन् ।  

नेपाली टोली 

गोलकिपर : एन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ ।



डिफेन्डर : हिरा कुमारी भुजेल, घिमकुमारी गुरुङ, अमृता जैशी, गीता राना, निशा थोकर, विमला विक, समीक्षा घिमिरे ।

मिडफिल्डर : विमला चौधरी, सविता राना मगर, सरू लिम्बू, दीपा शाही, रेणुका नगरकोटी, अनिता बस्नेत, प्रिती राई, अनिता केसी,



फरवार्ड : अमिषा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ र निर्मला विक ।

  • प्रकाशित मिति : फागुन ३, २०७९ बुधबार ८:४:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया