अनेरास्ववियुले नयाँ नेतृत्व चयन गर्दै

नेकपा एमाले निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशन आज पनि जारी छ । आजदेखि बन्द सत्र सुरु हुने छ । अनेरास्ववियुका महासचिव समिक बडालका अनुसार बन्द सत्र सकिएपछि आजैदेखि निर्वाचन प्रक्रिया सुरु हुनेछ ।

 बन्द सत्र सञ्चालनका लागि एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालको अध्यक्षमा नौ सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ । अध्यक्ष मण्डलका सदस्यमा विनोद ढकाल, खिमलाल भट्टराई, रचना खड्का, माधव ढुङ्गेल, किशोरविक्रम मल्ल, नवीना लामा, ऐन महर र सुनिता बराल रहेका छन् । अध्यक्ष मण्डलले सहमतिको प्रयास गर्ने र सहमति नभए निर्वाचन प्रक्रियामार्फत नयाँ नेतृत्व चयन गराउने छ । 

महाधिवेशनले आगामी दुई वर्षका लागि एक सय ९९ सदस्यीय केन्द्रीय कमिटी, १७ पदाधिकारी र तीन आयोग (अनुशासन, लेखा र निर्वाचन) निर्वाचित गर्ने छ । महाधिवेशनमा एक हजार पाँच सय ७३ प्रतिनिधि सहभागी छन् ।  

नेतृत्वका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, उपाध्यक्ष मोती विक, झविन्द्र खत्री र महासचिव बडाल दाबेदार रहेको बताइएको छ ।





  • प्रकाशित मिति : फागुन ३, २०७९ बुधबार १०:२०:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया