गठबन्धनमा किचलो बढ्यो, एमालेको उम्मेदवार राष्ट्रपति बने देश बर्बाद हुन्छ : नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिको चुनावलाई लिएर वर्तमान सत्ता गठबन्धनमा खटपट सुरु भएको ताएका छन् । उलने राष्ट्रपतिमा सबैले स्विकार्ने व्यक्तिको खोजी हुनुपर्ने बताए ।

पोखरामा समाजवादी प्रेस संगठनले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा भने, ‘राष्ट्रपतिमा सबैले स्विकार्ने व्यक्तिको खोजी हुन्छ । हाम्रो पार्टीले उम्मेदवारी दिनेछैन ।’ 

उनले सत्ता गठबन्धनमा किचलो बढ्दै गएकोले सतर्क हुनुपर्ने बेला आएको समेत बताए ।  ‘सत्ता गठबन्धनको किचलो सुरु भइसकेको छ । हामी सबैले सङ्केत पाइसकेका छौँ,’ उनले भने, ‘अब हामी सतर्क बन्नुपर्छ ।’ 

उनले नेकपा एमालेको उम्मेदवार राष्ट्रपति बने देश बर्बाद हुने दाबी गरेका छन् । उनले एमालेका उम्मेदवारहरु सभामुख र राष्ट्रिय सभाको अध्यक्ष भइसकेको र अब राष्ट्रपति पनि एमालेकै भए देश बर्बाद हुने तर्क गरे ।





  • प्रकाशित मिति : फागुन ३, २०७९ बुधबार १०:५८:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया