जोमसोमबाट पोखराका आउँदै गरेको बस थासाङ गाउँपालिका-३ मा कालीगण्डकीमा खसेको छ । उक्त बस दुर्घटनामा परेर २ भारतीयसहित १७ जना घाइते भएका छन् ।
ना७ख ७४४० नम्बरको बस मुस्ताङको थासाङ गाउँपालिका धम्पुमा सडकबाट कालीगण्डकीमा खसेको हो । बस करिब ४५ मिटर तल खसेको हो । बदीमा खस्दा बसमा सवार सबै जना घाइते भएको र २ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
दुर्घटनामा पर्नेहरु घुम्न गएका पर्यटक र स्थानीयहरू समेत रहेको बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।