क्यानडामा फेरि अर्को मन्दिरमा तोडफोड

क्यानडामा १३ फ्रेबुअरीमा फेरि अर्को हिन्दू मन्दिरमा तोडफोड भएको घटना बाहिर आएको छ । 

क्यानडास्थित भारतीय उच्च आयोगले मिसिसागाको एक राम मन्दिरमा यो तोडफोड भएको र त्यहाँ भारतविरोधी नारा लेखिएको भन्दै सामाजिक सन्जालमा पोस्ट गरेको छ ।

ट्विटरमा भारतीय उच्चायोगले लेखेको छ, ‘मिसिसागको राम मन्दिरमा तोडफोड गर्ने प्रयास गरिएको छ र मन्दिरको ढोकामा भारत विरोधी नारा लेखिएको छ । हामीले यो घटनाबारे तत्काल छानबिन गर्न माग गरेका छौँ ।’

यसबारे मन्दिर प्रशासनले पनि प्रहरीसँग कुरा गरेको बताएको छ । यसअघि क्यानडाको ब्रैपटानमा पनि एक हिन्दू मन्दिरमा तोडफोड गरिएको थियो ।





  • प्रकाशित मिति : फागुन ३, २०७९ बुधबार १८:४८:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया