नाबालिग बलात्कारका अभियुक्त क्रिकेटर सन्दीप लामिछानेलाई थुनामै राखेर मुद्दा किनारा लगाउनु पर्ने मागसहित सर्वोच्च अदालतमा परेको निवेदनमाथि १२ फागुनमा सुनुवाइ तोकिएको छ ।
उच्च अदालत पाटनले उनलाई २८ पुसमा २० लाख धरौटीसहित केही सर्तहरु राखेर रिहा गर्न आदेश दिएको थियो ।
यो आदेशविरुद्ध सर्वोच्चमा मुद्दा परेको हो । उनलाई थुनामा राख्न माग गर्दै दायर गरिएको निवेदनमा सर्वोच्च अदालतले पाटन उच्च अदालतबाट कैफियत प्रतिवेदन पनि झिकाएको छ ।
लामिछानेलाई थुनामै राखेर उनीविरुद्धको नाबालिग बलात्कार मुद्दाको प्रक्रिया अगाडि बढाउनु पर्ने माग गर्दै महान्यायाधीवक्ताको कार्यालयले सर्वोच्चमा दिएको निवेदनको सुनुवाइ सर्वोच्चमा भइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।