कलाकार ‘म्याकुरी’ छुटे

मोरङको बेलबारीमा मदिरा सेवनपछि कुटपिट गरेको आरोपमा पक्राउ परेका कलाकार पवन खतिवडा प्रहरी हिरासतबाट छुटेका छन् । पीडितसँग मिलापत्र गरेपछि उनलाई प्रहरीले छोडेको हो ।

मंगलबार राति पक्राउ परेका उनी बुधबार छुटेका हुन् । 

उनीविरुद्ध बेलबारी ४ का जीवन कार्कीले आफूमाथि कुटपिट गरेको भन्दै उजुरी दिएका थिए । उनीसँगै रमेश भण्डारीले पनि आफूमाथि कुटपिट गरेको आरोप कार्कीले लगाएका थिए । प्रहरीले उनीहरु दुवै जनालाई हिरासतमा लिएको थियो ।

हास्यकलाकार खतिवडा म्याकुरी नामले चर्चित छन् ।





  • प्रकाशित मिति : फागुन ३, २०७९ बुधबार २१:१०:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया