नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालमा आइसियूमा उपचार हुँदै छ ।
बुधबार राति १० बजे उनको निवास बुद्धनगरमा सिलिण्डर ग्यास विस्फोट भए पछि उनलाई कीर्तिपुर अस्पताल लगिएको हो ।
भण्डारीको शरीरको २५ प्रतिशत भाग जलेको उनका सहयोगीले जनाएका छन् । घटनामा घाइते उनकी आमाको ७० प्रतिशतभन्दा धेरै जलेको चिकित्सकल जनाएका छन् ।
बुधबार राति नै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, एनपी साउँदलगायत नेताहरु अस्पताल पुगेका थिए ।
ग्यास लिक भएर विस्फोट भएको हुनसक्ने अनुमान गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।