रियलको फराकिलो जितमा बेन्जिमाको २ गोल

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले फराकिलो जित हात पारेको छ । गएराति सम्पन्न खेलमा रियलले इल्चेविरुद्ध ४–० गोल अन्तरको जित हात पारेको हो । रियलको जितमा करिम बेन्जिमाले  दुई गोल गरे ।

त्यस्तै, मार्को एसेन्सियो र लुका मोड्रिचले एक/एक गोल थपे । खेलको आठौँ मिनेटमा एसेन्सियोले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाए ।

३१ औं मिनेटमा बेन्जिमाले पेनाल्टीमार्फत गोल गर्दै रियललाई दोब्बर अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा बेन्जिमाले पेनाल्टीबाटै व्यक्तिगत दोस्रो गोल गरेपछि रियल ३–० ले अघि रह्यो ।

खेलको ८० औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई ४–० को फराकिलो जित दिलाए । यो जितपछि रियलले २१ खेलबाट ४८ अंक जोडेको छ । उसले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरीसमेत घटाएको छ । 

बार्सिलोना ५६ अंकका साथ शीर्ष स्थानमा रहेको छ । रियलसँग पराजित इल्चे ९ अंकका साथ पुछारमा छ । 
 





  • प्रकाशित मिति : फागुन ४, २०७९ बिहीबार ९:१३:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया