अनेरास्ववियु अध्यक्षमा समिक बडाल निर्वाचित

नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को केन्द्रीय अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन् । २३ औं राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि बिहीबार मतदान गरिएको थियो । 

गएराति मतगणना गरिएकोमा अध्यक्षमा बडाल निर्वाचित भएका नेता सन्तोष राना क्षेत्रीले जानकारी दिए । बडाल अनेरास्ववियुका निवर्तमान महासचिव हुन् । काभ्रेको रोसी गाउँपालिका–९ का उनले अध्यक्षमा आरसी लामिछानेलाई हराएका हुन् ।

त्यस्तै, उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मर्यादा विष्ट विजयी भएका छन् । त्यस्तै, नरेश रोकाया महासचिव निर्वाचित भएका छन् । सचिवमा सञ्जिव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दिपेश प्रसाई, अञ्जना शिवाकोटी, आरती भट्टराई र वितिता काफ्ले विजयी भएका छन् । 

कोषाध्यक्षमा संगम अर्याल निर्वाचित भएका छन् । मतपरिणामको औपचारिक घोषणा हुन भने बाँकी छ । अधिवेशनमा १ हजार ५ सय १७ जनाले मतदान गरेका थिए ।   





  • प्रकाशित मिति : फागुन ५, २०७९ शुक्रबार ६:५८:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया