विश्वकप लिग–२ सिरिज : लगातार तेस्रो जितको खोजीमा नेपाल

आइसिसी विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिजमा नेपालले आज नामिबियासँग खेल्दैछ । नेपाल र नामिबियाबीचको खेल पनि बिहान ९ बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ । 

नेपाल सिरिजमा लगातार तेस्रो जितको खोजीमा छ । जारी श्रृंखलाको पहिलो खेलमा नेपालले नामिबियालाई २ विकेटले हराएको थियो । सो खेलमा नेपालले २ सय ८६ रनको लक्ष्य ४७.४ ओभरमा पूरा गर्‍यो । २ सय ८६ रनको लक्ष्य नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलोपटक पूरा गरेको हो ।

शनिबार पनि नेपाली टोली नामिबियाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै थप अर्को उपलब्धि हासिल गर्ने योजनामा छ । नामिबिया भने सिरिजमा पहिलो जितको खोजीमा छ । ऊ दोस्रो खेलमा स्कटल्याण्डसँग १० विकेटले पराजित भएको थियो । सो लज्जास्पद हार भुल्दै नामिबिया शनिबार नेपालविरुद्ध उत्कृष्ट नतिजा निकाल्दै सानदार कमब्याक गर्न चाहन्छ । 

यद्यपि घरेलु मैदान र समर्थकको राम्रो साथ पाएको नेपालविरुद्ध जित निकाल्न नामिबियालाई सहज भने हुने छैन । हालसम्म नेपाल र नामिबियाले पाँच खेलमा एकअर्काको सामना गरेका छन् । जसमा तीन खेलमा नामिबिया र एक खेलमा नेपाल विजयी भएको छ । यी दुई टोलीबीचको खेल भने वर्षाका कारण रद्द भएको छ । 

नेपालको सम्भावित प्लेइङ–११ : कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, सन्दीप जोरा/भीम सार्की, गुल्शन झा, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने ।





  • प्रकाशित मिति : फागुन ६, २०७९ शनिबार ७:१६:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया