दुर्गा प्रसाईँलाई कारबाही गर्न प्रदेश कमिटीले गर्‍यो केन्द्रमा सिफारिस
फाइल तस्बिर

नेकपा एमालेको १ नम्बर प्रदेश कमिटीले केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई कारबाही गर्न केन्द्रमा सिफारिस गरेको छ । कमिटी संयोजक तुलसी न्यौपानेका अनुसार शनिबार बिहान बसेको प्रदेश कमिटीको बैठकले यस्तो सिफारिस गरेको हो । 

प्रसाईंका पछिल्ला गतिविधि पाटी हित विपरीत भएकाले कारबाही गर्न केन्द्रमा सिफारिस गरिएको  उनले बताए ।

प्रसाईंले केही दिन अघि पूर्व राजा ज्ञानेन्द्र शाह र पारस शाहलाई सहभागी गराई एक कार्यक्रमको आयोजना गरेका थिए । मुलुकमा गणतन्त्र स्थापनाका लागि एमालेले गरेको योगदानलाई बिर्सेर प्रसाईंले मनपरी ढङ्गले पार्टी हित विपरीत कार्य गरेको एमालेकै नेताहरूले बताउँदै आएका छन् । 

केही दिनअघि पूर्वराजा ज्ञानेन्द्र शाह र उनका छोरा पारस शाहलाई राखेर कार्यक्रम गरेपछि उनलाई पार्टीबाट हटाउनुपर्ने माग उठ्दै आएको थियो । मेडिकल व्यवसायीसमेत रहेका प्रसाईंले धर्म र राष्ट्रियता बचाउने भन्दै अभियान सुरु गरेका छन् ।





  • प्रकाशित मिति : फागुन ६, २०७९ शनिबार १३:२८:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया