राष्ट्रपतिबाट माफी पाएका सांसद चौधरी आज रिहा हुँदै

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसद अरुण चौधरी आज रिहा हुने भएका छन् । कैलाली प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद चौधरी आज जिल्ला कारागार कैलालीबाट रिहा हुने भएका हुन् ।   

कारागार व्यवस्था विभागका महानिर्देशक चक्रपाणि पाण्डेले राष्ट्रपतिबाट आम माफी पाएर चौधरी छुट्न लागेको बताए । उनले गृह मन्त्रालयले आम माफीको पत्र विभागलाई पठाएलगत्तै उनी छुट्ने बताए ।  

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा ३९५ जना कैदीको सजाय माफी गरिदिएकी छन् । त्यसमा चौधरीको पनि नाम रहेको छ ।

३ भदौ २०६६ मा ट्रयाक्टर जलाएको भन्दै ९ वैशाख २०७० मा कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीनजनाविरुद्ध जनही ६ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो ।  

चौधरीले शुक्रबार नै ८ लाख धरौटी बुझाइसकेका छन् । ६ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई १९ माघमा प्रहरीले पक्राउ गरेको थियो ।   





  • प्रकाशित मिति : फागुन ७, २०७९ आइतबार १०:७:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया