लुम्बिनी प्रदेश सरकारमा सहभागी हुँदै जसपा

जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने भएको छ। जसपाबाट प्रदेशको मन्त्रीमा भण्डारीलाल यादवलाई पठाउने तयारी छ। 

सोमबार बिहान बस्ने प्रदेश पदाधिकारी बैठकले मन्त्रीको नाम टुंगो लगाउने जसपा लुम्बिनी प्रदेश अध्यक्ष अशोककुमार यादवले जानकारी दिए। सोमबारै शपथग्रहण कार्यक्रम राख्ने तयारी छ।

मुख्यमन्त्री चयनको बेला विश्वासको मत दिएको जसपाका तीन सांसद छन्।  माघ २८ मा विस्तार गरिएको मन्त्रिमण्डलमा नअटाएको जसपालाई कृषि तथा भूमि व्यवस्था मन्त्रालय दिएर सरकारमा लैजाने सहमति भएको सो पार्टीले जनाएको छ। 

हाल कृषि तथा भूमि व्यवस्थामन्त्रीमा एमालेबाट तुलसीराम शर्मा छन्। उनलाई अन्य मन्त्रालयमा लगेर जसपालाई सो मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो ।

प्रदेशमा एमालेबाट मुख्यमन्त्रीसहित ५, माओवादी केन्द्रबाट ३, जनमत र राप्रपाबाट १–१ मन्त्री छन्।





  • प्रकाशित मिति : फागुन ७, २०७९ आइतबार १७:४५:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया