खेलकुद क्षेत्रको विकासका लागि राज्यको ध्यान पुगेन : पूर्वगृहमन्त्री खड्का

नेपाली कांग्रेसका उपसभापति एवं पूर्वगृहमन्त्री पूर्णबहादुर खड्काले खेलकुद क्षेत्रको विकासका लागि राज्यको ध्यान नपुगेको बताएका छन्। 

पूर्वखेलकुदमन्त्रीसमेत रहेका कांग्रेस नेता खड्काले सुर्खेतको लेकबेसीस्थित जीवनज्योति नमुना माविमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै यस्तो बताएका हुन्।

उनले खेलकुदमा व्यावसायिक रूपमा लागेर आफ्नो उज्ज्वल भविष्य निर्माण हुने वातवरण सरकारले बनाउनुपर्ने अवस्था रहेको उनले बताए । 

खेल क्षेत्रमा लाग्दा अनुशासन, संस्कार र स्वाथ्य लाभ गर्न सकिने उनले बताए। आफू खेलकुदमन्त्री हुँदा नेपालगञ्जमा ०५४ सालतिर छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगिता भव्य रूपमा सम्पन्न गराएको उनले स्मरण गरे । 





  • प्रकाशित मिति : फागुन ७, २०७९ आइतबार २१:१६:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया