प्राधिकरणले गुण एयरलाइन्सको उडानमा लगायो प्रतिबन्ध

नेपाल नागरिक उड्यान प्राधिकरणले गुण एयरलाइन्सको सम्पूर्ण उडानमा प्रतिबन्ध लगाएको छ । प्राधिकरणको प्रतिबन्धसँगै गुणका ७ वटै विमानले सोमबारदेखि नै उडान भर्न पाएका छैनन् ।

आर्थिक समस्यामा फसेको कम्पनीले कर्मचारीलाई तलब खुवाउन नसकेपछि उडान सुरक्षासँग जोडेर प्राधिकरणले एयरलाइन्सलाई अनिश्चितकालका लागि उडानमा प्रतिबन्ध लगाएको हो । 

कर्मचारीलाई तलब दिन नसकेकाले हवाई सुरक्षा पक्षमा प्रभाव पर्ने जोखिम रहेको ठहर गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले गुणका विमानहरुलाई उड्न नदिने निर्णय गरेको बताइएको छ ।





  • प्रकाशित मिति : फागुन ८, २०७९ साेमबार १६:१५:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया