बाह्रबुँदे समझदारीका पक्षधरहरु एकै ठाउँ उभिनुपर्नेमा प्रधानमन्त्रीको जोड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाह्रबुँदे समझदारीका पक्षधरहरु एकै ठाउँ उभिनुपर्ने बताएका छन् । माओवादी अध्यक्षसमेत रहेका प्रचण्डले सोमबार पोखराको लेखनाथमा पार्टीको गण्डकी प्रदेश समितिको छैटौँ पूर्ण बैठकलाई सम्बोधन गर्दै सो कुरा बताएक हुन् । 

मुलुक राजनीतिक र आर्थिक रूपले अप्ठ्यारो परिस्थितिमा रहेको र राजनीतिमा दूषित हावा देखिएको भन्दै उनले विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला एक ठाउँ उभिएका शक्तिहरू फेरि पनि एक ठाउँ उभिनुपर्ने बेला आएको बताए । 

प्रदेश बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भने,  ‘फेरि पनि ती शक्तिहरू एक ठाउँ उभिन आवश्यक छ । राष्ट्रिय सहमतिमार्फत मुलुकका समस्या समाधान गर्नुपर्छ । राष्ट्रपति र उपराष्ट्रपतिमा राष्ट्रिय सहमति होस् भन्ने हाम्रो चाहनाको अन्तर्य पनि यही हो ।’

उनले राष्ट्रिय सहमतिका लागि विभिन्न विकल्प भएको भन्दै उनले ठूला पार्टी एक ठाउँ उभिन सक्ने अवस्था रहेको बताए । राज्यका मुख्य ठाउँमा समझदारीका साथ अघि बढ्न सकिने उल्लेख गर्दै उनले भने, ‘हाम्रा लागि यही मान्छे भन्ने छैन, जहाँ सहमति हुन्छ, त्यहाँबाट अघि बढौँ । तर, ठूला दलहरू एक ठाउँ उभिनुपर्छ भन्ने हाम्रो प्रस्ट मान्यता छ ।’

गिरिजाप्रसाद कोइराला नेतृत्वको तत्कालीन सरकार र तत्कालीन विद्रोही माओवादीबीच ०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौता भएको थियो । संसदवादी दलका तर्फबाट नेकपा एमलेका तत्कालीन् महासचिव माधवकुमार नेपालले १२ बुँदे सम्झौतामा महत्वपूर्ण भूमिका खेलेका थिए । 





  • प्रकाशित मिति : फागुन ८, २०७९ साेमबार १६:२३:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया