कांग्रेसबाट राष्ट्रपतिमा आफ्नै उम्मेदवार हुन्छ, जित्छः शेखर कोइराला

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राष्ट्रपतिमा कांग्रेसले उम्मेदवारी दिने र जित्ने दाबी गरेका छन् । उनले अहिले संसदको सबैभन्दा ठूलो दल भएकाले कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने तर्क गरेका छन् । 

उनले अहिलेको सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल राष्ट्रपतिको उम्मेदवार भए पनि कांग्रेसबाट राष्ट्रपतिमा उम्मेदवारी हुने बताएका छन् ।

उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपालबीच भेटघाट हुँदैमा कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी नदिने भन्ने विषय नै नआउने बताएका छन् । यसरी उम्मेदवारी दिने व्यक्तिले निर्वाचनमा जित निकाल्ने पनि उनले बताएका छन् ।

यसअघि सोमबार मात्र नेपाल र ओलीबीच भेटघाट भएको थियो । उनीहरुबीच यो भेटमा राष्ट्रपतिको विषयमा चर्चा भएको बुझिएको छ ।





  • प्रकाशित मिति : फागुन ९, २०७९ मंगलबार १२:४:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया