राष्ट्रपतिबारे छलफल गर्न ओली–नेपाल आज पनि भेट्ने

राष्ट्रपति निर्वाचनमा उम्मेदवारीबारे छलफल गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच आज साँझ पनि भेटघाट हुने कार्यक्रम तय भएको छ । 

तर, सोमबारको जस्तै आजको भेटघाटलाई पनि गोप्य राखिने तयारी गरिएको ओलीनिकट स्रोतले फरकधारलाई जानकारी दिएको छ । 

कार्यक्रमको सिलसिलामा नेपाल काठमाडौं बाहिर रहेको र उनी काठमाडौं फर्किएलगत्तै यी दुई नेताबीच भेटघाट हुने सम्भावना रहेको ती नेताले बताए । 

‘यसअघि जस्तै राष्ट्रपतिमा नेकपा एमालेले माधवकुमार नेपाललाई समर्थन गर्ने विषयमा भेट हुने हो,’ उनले भने, ‘समय र स्थान तय भइसकेको छैन ।’

सोमबार भएको यी दुई नेताको भेटमा ओलीले पार्टी एकता गर्ने सर्तमा आफूले राष्ट्रपतिमा माधवकुमार नेपाललाई अगाडि सार्न सक्ने बताएका थिए । 

मंगलबार दिउँसो दाङमा भने नेपालले आफूलाई कतैबाट राष्ट्रपतिका लागि औपचारिक प्रस्ताव नआएको बताएका छन् र यसबारे आफूले सोचिनसकेको पनि बताएका छन् ।






  • प्रकाशित मिति : फागुन ९, २०७९ मंगलबार १३:३६:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया