राप्रपाले राष्ट्रपति निर्वाचनबारे केन्द्रीय कार्यसम्पादन समितिबाट निर्णय लिने
फरकधार / ९ फागुन, २०७९
यो सामग्री सेयर गर्नुहोस्

राजतन्त्र पुनः स्थापनाको एजेण्डा लिएको राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रपति निर्वाचनबारे केन्द्रीय कार्यसम्पादन समितिबाट निर्णय लिने भएको छ । राप्रपामा नेताहरूले राष्ट्रपति निर्वाचनमा भाग लिनुपर्ने र बहिष्कार गर्नुपर्नेमा मतभेद छ ।



राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सरकारमा सहभागी भएको छ । एमालेसँग निकट सम्बन्धमा रहेको राप्रपाले राष्ट्रपति निर्वाचनबारे अहिलेसम्म केही धारणा बनाइसकेको छैन । राष्ट्रपति निर्वाचनमा यसै गर्ने भन्ने भइनसकेको सो पार्टीका नेताहरूले बताएका छन् ।



कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीसमेत रहेका राप्रपा नेता ध्रुवबहादुर प्रधानले भने राष्ट्रपति निर्वाचनमा पार्टी सहभागी हुने बताएका छन् ।उनले भने, ुराष्ट्रपति निर्वाचनमा सहभागी भएरै जान्छौं । संसदीय प्रक्रियाभन्दा बाहिर रहने कुरा त भएन नि १ु



राप्रपाका एक नेताले भने केन्द्रीय सरकारमा सहभागी हुने, प्रदेश सभामा सभामुख र सरकारमा सहभागी हुने अनि राष्ट्रपति निर्वाचनमा भाग लिन नहुने निर्णय गर्न नसकिने बताएका छन् ।



राष्ट्रपतिका लागि फागुन १३ मा मनोनयनका लागि निर्वाचन आयोगले मिति तय गरेको छ । राष्ट्रपति निर्वाचन फागुन २५ र उपराष्ट्रपतिको निर्वाचन चैत ३ मा हुने भएको छ ।





  • प्रकाशित मिति : फागुन ९, २०७९ मंगलबार १५:४३:३९,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया