नेपाली क्रिक्रेटका कप्तान रोहित पौडेलले आइसिसी विश्वकप लिग–२ को त्रिकोणात्मक ओडिआईको अन्तिम खेलमा अर्धशतक पूरा गरेका छन्।
स्कटल्यान्डले दिएको २१३ रनको मध्यम लक्ष्य पछ्याउने क्रममा रोहितले रोहितले ५४ बलमा ४ चौका र २ छक्कासहित ५० रन बनाएका हुन्।
यो अर्धशतक रोहितको ओडिआई करिअरको सातौं हो।
त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा नेपाल स्कटल्याण्डविरुद्ध ब्याटिङमा छ। नेपालले ३१ ओभर पूरा गर्दा ८ विकेट गुमाइसकेको छ। नेपालले १३९ रन बनाएको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।