निर्वाचनअघिका गठबन्धन दलबीच रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउने सहमति भएको गगनको दाबी

नेपाली कांग्रेसका महामन्त्री एवं संघीय सांसद गगनकुमार थापाले राष्ट्रपतिका लागि निर्वाचनअघिको पाँच दलीय सत्ता गठबन्धनका दलहरुबीच समझदारी बनिसकेको दाबी गरेका छन् । 

उनका अनुसार नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका पार्टीहरु राष्ट्रपति निर्वाचनमा कांग्रेसको उम्मेदवारलाई सघाउन तयार छन् ।

गत पुस १० मा भत्किएको सत्ता गठबन्धनका दलहरु राष्ट्रपति निर्वाचनमा मिल्नका लागि सहमत भइसकेको र त्यसलाई औपचारिकता दिन मात्रै बाँकी रहेको उनको दाबी छ ।

राष्ट्रपतिमा निर्वाचन अघिको सत्ता गठबन्धनको साझा उम्मेदवारको रुपमा वरिष्ठ नेता रामचन्द्र पौडेलाई अघि सार्ने निश्चित भएको उनले बताए । 

आइतबार मात्रै सभापति शेरबहादुर देउवा र महामन्त्री थापालगायतका नेताहरुले माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका थिए । सो भेटवार्तामा दाहालले राष्ट्रपतिको निर्वाचनमा कांग्रेसलाई समर्थन गर्ने वचन दिएको चर्चा छ ।

पछिल्लो समय एमालेले राष्ट्रपतिमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई अघि सार्ने तयारी गरेको चर्चा छ । तर, माधव नेपाल स्वयमले भने आफूले यसबारेमा कुनै निर्णय वा सोचिनसकेको स्पष्ट पार्ने गरेका छन् ।





  • प्रकाशित मिति : फागुन ९, २०७९ मंगलबार १६:३९:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया