ओली भेटेका किसानले भेटे माधवकुमार नेपाललाई पनि

नेकपा एकीकृत समाजवादी पार्टीका सांसद किसान श्रेष्ठले पार्टी अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेका छन् । उनले आज साँझ नेपाल निवास कोटेश्वरमा नेपालसँग भेटेर दिउँसो ओलीसँग भएको भेटघाटबारे ब्रिफिङ गरेका छन् ।

आज दिउँसो ओली निवास बालकोटमा किसानले ओलीसँग भावी राष्ट्रपतिबारे छलफल गरेर झन्डै दुई घन्टा बिताएका थिए ।

त्यहाँबाट उनी नेपाल निवास पुगेर नेपाललाई ओलीसँग भेट गर्न सुझाएका छन् । 

‘नेकपा एकीकृत समाजवादी पार्टीले राष्ट्रपतिमा आफ्नो दाबी कायम राखेको छ,’ किसानले फरकधारसँग भने, ‘मैले यही विषयमा दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओलीसँग कुराकानी गरेको हुँ । त्यही कुरा साँझ नेपाल कमरेडसँग पनि भयो ।’

किसानले आफ्नो पार्टीले पावर सेयरिङका आधारमा भए पनि राष्ट्रपतिमा दाबी नछाड्ने र यसको परिणाम सकारात्मक आउने पनि बताए । उनले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बनाउँदा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि सहमत हुने बताए । 

‘देशको विकासका लागि र स्थायी राजनीतिका लागि पनि हामीले यो अडानलाई कायम राख्ने भनेका छौँ,’ किसानले भने, ‘नेपाल कमरेडलाई राष्ट्रपति बनाएर अगाडि बढ्दा देशलार्ई नै फाइदा हुने भएकाले यो विषयमा प्रचण्ड कमरेड तथा कांग्रेस सभापति शेरबहादुर देउवासँगसमेत छलफल गर्न मैले दुवै ओली कमरेड र नेपाल कमरेडलाई अनुरोध गरेको छु ।’





  • प्रकाशित मिति : फागुन ९, २०७९ मंगलबार २०:३८:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया