नेपाल यू–१९ राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा देव खनाल

नेपाल यू–१९ राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा देव खनाल नियुक्त भएका छन् । 

यसअघि यू–१९ क्रिकेट टोलीको कप्तानी सम्हालेका गुलशन झा यूएईमा हुने विश्व क्रिकेट लिग टू अन्तर्गतको सिरिजका लागि सिनियर टोलीसँग जाने भएपछि देवलाई कप्तान जिम्मेवारी दिइएको क्यानले जनाएको छ । 

यू–१९ छनोट प्रतियोगिता फागुन १२ देखि यूएईमा सुरु हुनेछ । नेपाली टोली बुधबार त्यसतर्फ जानेछन् । 

नेपालसहित कतार, हङकङ, मलेसिया, सिंगापुर, कतार, हङकङ, मलेसिया र आयोजक यूएई सम्मिलित प्रतियोगिताको पहिलो खेलमा नेपालले सिंगापुरसँग फागुन १२ गते प्रतिस्पर्धा गर्नेछ ।





  • प्रकाशित मिति : फागुन ९, २०७९ मंगलबार २२:१७:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया