नेपाल मोडेल स्कुलले मनायो अभिभावक दिवस

काठमाडौंको वसुन्धरामा रहेको नेपाल मोडेल स्कुलले अभिभावक दिवस मनाएको छ । ७ फागुनमा स्कुलकै प्राङ्गढमा नेपाल मोडेल स्कुलले विभिन्न कार्यक्रम गरेर अभिभावक दिवस मनाएको हो ।

कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले गीत, नृत्य, लघुनाटक, कराँतेलगायतका विभिन्न प्रदर्शनी गरेका थिए । 

सोही अवसरमा विद्यार्थीहरुलाई विभिन्न विधामा विभिन्न उपाधि, पुरस्कार तथा प्रमाणपत्र पनि वितरण गरिएको थियो । 

कार्यक्रममा काठमाडौं क्षेत्र नम्बर ५ बाट नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नेपालको शिक्षा क्षेत्रको उन्नयनमा नीजि विद्यालयहरुको महत्वपूर्ण भूमिका रहेको बताएका थिए । कार्यक्रमका प्रमुख अतिथि पौडेलले सरकारले शिक्षासम्बन्धी नीतिलाई थप स्पष्ट बनाएर अगाडि बढ्नु पर्ने आवश्यकता रहेको पनि बताए ।

विद्यालयका प्रधानाध्यापक डिल्लीराम ढुंगेलले बालबालिकाको प्रतिभाको पहिचान गरेर त्यसको विकास र संवधएन गर्नु आफ्नो विद्यालयको प्रमुख दायित्व रहेको बताए । 

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्रराज सुवेदी, राजेश सुवेदीलगायतले पनि आआफ्नो धारणा राखेका थिए । पछिल्लो समय वसन्धुरामा क्षेत्रमा नेपाल मोडेल स्कुलले राम्रो प्रभाव बनाएको छ ।





  • प्रकाशित मिति : फागुन १०, २०७९ बुधबार ३:४७:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया