सन्दीप लामिछानेलाई युएई लैजान राखेपलाई क्यानको पत्राचार

नेपाल क्रिकेट संघ (क्यान)ले युएईमा हुने शृंखलामा सन्दीप लामिछानेलाई सहभागी गराउन पहल थालेको छ ।

घरेलु मैदानमा भएको त्रिकोणात्मक शृंखलामा उत्कृष्ट प्रदर्शन गरेका सन्दीप लामिछानेलाई युएईमा हुने शृंखलामा सहभागी गराउन क्यानले राष्ट्रिय खेलकुद परिषद्लाई पत्राचार गरेको छ । 

बलात्कारको अभियोगमा पुर्पक्षका लागि थुनामा परेर निस्केका लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्दा देशबाहिर जान नपाउने सर्त राखेको थियो । तर, कानुनी बाधा हटाएर उनलाई युएईमा लैजान क्यानले पहल थालेको हो । 

क्यानले राखेपलाई लेखेको पत्रमा लामिछानेलाई राष्ट्रिय टिमबाट विदेश भ्रमणका लागि अदालतसँग अनुमति माग्न आग्रह गरिएको छ । 





  • प्रकाशित मिति : फागुन १०, २०७९ बुधबार १६:१५:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया