तारा एयर दुर्घटना : जहाजमा पहाड र जोखिमबारे जानकारी दिने सिस्टम बन्द गरेका कारण दुर्घटना

गत जेठमा मुस्ताङको जोमसोममा दुर्घटनामा परेको तारा एयरको ट्विनअटर जहाज दुर्घटनामा पनि चालक दलकै त्रुटि भेटिएको छ । 

दुर्घटना जाँच आयोगले यस्तो त्रुटि औँल्याएको हो । यसअघि पोखरामा दुर्घटनाग्रस्त यती एअरको जहाज दुर्घटनामा पनि चालक दलकै त्रुटि भेटिएको थियो ।

मुस्ताङको दुर्घटनाबारे छानबिन गर्न गठित आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसमक्ष बुधबार पे गरेको अन्तिम प्रतिवेदनमा चालक दलको त्रुटि देखिएको छ । 

०७९ जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्वीनअटर ९ एन–एइटीरडीएचसी ६–३०० जहाज दुर्घटनाग्रस्त हुँदा चालक दलका सदस्यसहित २२ जनाको मृत्यु भएको थियो । जहाज मुस्ताङको थासाङमा पर्ने मानापाथी हिमालको फेदीमा दुर्घटनामा परेको थियो ।

जहाजमा अगाडिको पहाड र त्यसको जोखिमबारे जानकारी दिने ‘टेरेन अभोइडेन्स एण्ड वार्निङ सिस्टम’ (टिएडब्लुएस) बन्द गरिएको प्रतिवेदनले देखाएको छ । सोहीकारण चालक दलले जहाजबाट अगाडि पहाड छ भन्ने जानकारी पाउन नसकेर दुर्घटना भएको पाइएको छ । 

सरकारले गत जेठ १६ गते जेठमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको अध्यक्षतामा दुर्घटना जाँच आयोग गठन गरेको थियो । आयोगको सदस्यमा क्याप्टेन दीपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इञ्जिनीयर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद् मणिरत्न शाक्य सदस्य र सदस्य सचिव बुद्धिसागर लामिछाने रहेका थिए ।





  • प्रकाशित मिति : फागुन १०, २०७९ बुधबार २२:१८:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया