आजको मौसम : गण्डकी र प्रदेश १ मा वर्षा र हिमपातको सम्भावना
फाइल तस्बिर

बिहीबार देशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको हो ।

यी दुई प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको अनुमान गरिएको मौसमविद् वरुण पौडेलले जानकारी दिए । पश्चिमी वायुको प्रभावले आज बिहानैदेखि मौसम आंशिकदेखि सामान्य बदली भएको छ ।  

शुक्रबार र शनिबार पनि देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का वर्षासँगै हल्का हिमपात हुने विभागको पूर्वानुमान छ । मौसमविद् पौडेलका अनुसार छिटपुटबाहेक तत्काल ठूलो वर्षाको सम्भावना छैन ।  





  • प्रकाशित मिति : फागुन ११, २०७९ बिहीबार ८:१४:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया