आइसिसी विश्वकप लिग–२ का विजेता खेलाडीलाई प्रतिव्यक्ति दुईलाख पुरस्कार

आइसिसी विश्वकप लिग–२ का विजेता खेलाडीले प्रतिव्यक्ति दुईलाख रूपैयाँ पुरस्कार पाउने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खेलाडीहरुलाई सो पुरस्कार दिने घोषणा गरेका हन् ।


विजेता खेलाडीहरूलाई बिहीबार बालुवाटार बोलाएर प्रधानमन्त्री प्रचण्डले बधाई दिएका थिए । सो क्रममा उनले पुरस्कारसमेत दिने घोषणा गरेका हुन् । यसअघि क्रिकेट प्रतियोगिता जितेकै दिन उनले उचित पुरस्कार दिने बताएक थिए । आज पुरस्कारको रकम नै घोषणा गरेका हुन् । 

चार खेलमा पूरै विजय हासिल गरेर क्लिनस्विप गर्नु देशकै गौरव भएको भन्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘तपाईंहरूले नयाँ रेकर्ड बनाउनुभएको छ, इतिहास रच्नुभएको छ ।’

क्रिकेटको कारण देशकै गौरव र प्रतिष्ठा बढेको भन्दै उनले खोलाडीहरूलाई प्रेरणास्वरुप सरकारको तर्फबाट प्रतिखेलाडी २ लाख पुरस्कार दिने घोषणा गरिएको हो । 
 





  • प्रकाशित मिति : फागुन ११, २०७९ बिहीबार १६:३८:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया