प्रदेश १ सरकारमा रहेका राप्रपाका मन्त्रीले भोलि राजीनामा दिने भएका छन्।
काठमाडौंमा केन्द्रीय कार्यसम्पादन र ससंदीय दलको बैठकले संघीय सरकार र प्रदेश सरकार दुवैवाट राजीनामा दिने निर्णय लिएसँगै प्रदेश १ का राप्रपा मन्त्रीहरुले पनि राजीनामा दिन लागेका हुन् ।
राप्रपा प्रदेशसभा सदस्य अम्बरबहादुर विष्टले राप्रपाबाट सरकारमा सहभागी मन्त्रीले राजीनामा दिन लागेको बताए । प्रदेश १ मा कृषिमन्त्री भक्तिनाथ सिटौला मात्रै रहेका छन् ।
‘सरकारलाई समर्थन गर्दै हामी कृषि मन्त्रालयको जिम्मेवारीमा छौँ, केन्द्रको निर्णयसँगै अब सरकारमा रहन्नौँ, हाम्रो पार्टीको मन्त्रीज्यूले भोलि राजीनामा दिनुहुनेछ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।