कुवेतविरुद्ध कप्तान देव खनालको शानदार शतक

कप्तान देव खनालले आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत कुवेतविरुद्ध शानदार शतक प्रहार गरेका छन् । 

जारी खेलमा खनाल १ सय ५ बलमा ८ चौका र १ छक्कासहित १ सय रनमा अविजित छन् । 

कप्तान देवको क्रिकेट करिअरमा यो पहिलो शतक हो । देव खनालले १ सय ५ बलमा शतक पूरा गरेका हुन् ।

यसअघि अर्जुन कुमालले आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत कुवेतविरुद्ध अर्धशतक प्रहार गरेका छन् । 

मलेक क्रिकेट ग्रउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले २३ ओभरमा २ विकेट गुमाउँदै १ सय १० रन बनाएका छन् । 





  • प्रकाशित मिति : फागुन १३, २०७९ शनिबार १५:५६:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया