भारतका केन्द्रीय गृहराज्यमन्त्री निसिथ प्रामानिकमाथि पश्चिम बंगालमा ढुंगामुढा भएको छ । पश्चिम बंगालको कुच बिहारमा जाँदा उनले ढुंगामुढाको सामना गर्नुपरेको हो ।
प्रामानिकले तृणमूल कांग्रेसका समर्थकहरूले आफूमाथि आक्रमण गरेको आरोप लगाएका छन् । केन्द्रीय मन्त्रीको एसयुभीको विन्डशिल्डमा क्षति पुगेको छ ।
भीडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गर्नुपरेको थियो । श्री प्रामानिक कुचबिहारबाट सांसद हुन्।
‘यदि कुनै मन्त्री सुरक्षित छैनन् भने, तपाईं सामान्य मानिसको दुर्दशाको कल्पना गर्न सक्नुहुन्छ। घटनाले बंगालको लोकतन्त्रको अवस्था देखाउँछ, उक्त घटना पछि उनले भने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।