युएईमाथि नामिबियाको सहज जित, ३९ अंकका साथ तेस्रो स्थानमा

आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियाले आफ्नो अन्तिम खेलमा युएईलाई ७ विकेटले पराजित गरेको छ । जितसँगै नामिबिया ३६ खेलमा ३९ अंकका साथ लिग–२ समाप्त गरेको छ ।

जितको लागि १ सय ६७ रनको विजयी लक्ष्य पछ्याएको नामिबियाले २८.२ ओभरमा ३ विकेट गुमाउँदै जित हासिल गरेको हो । नामिबियाको जितमा माइकल भान लिंगेनले ५३ बलमा १० चौका र १ छक्कासहित सर्वाधिक ७१ रनको योगदान दिए । 

नामिबियाकै बेन सिंकोगोले ७ ओभरमा १ मेडनसहित २७ रन खर्चेर २ विकेट लिए । टांगेनी लुंगामेनी र जेरार्ड इरास्मसले २–२ विकेट लिए । लो ह्यान्डरे लरेन्सले ५९ बलमा ६ चौकासहित ४७ रन बनाउन सफल भए । 

दुबई इन्टरनेसनल स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६६ रन बनायो । युएईका कप्तान सिपी रिजवानले १ सय ४० बलमा २ चौकासहित सर्वाधिक ६० रन बनाए ।  

नामिबिया ३६ खेलमा १९ मा जित र १६ मा हारसहित ३९ अंकका साथ तेस्रो स्थानमा छ । 





  • प्रकाशित मिति : फागुन १३, २०७९ शनिबार २०:०:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया