प्रिमियर लिगमा बर्नमाउथविरुद्ध सिटीको सानदार जित

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले घरेलु टोली बर्नमाउथविरुद्ध सानदार जित निकालेको छ । गएराति भिटालिटी स्टेडियममा सम्पन्न खेलमा उसले बर्नमाउथविरुद्ध ४–१ को जित निकालेको हो ।   

सिटीको जितमा जुलियन अल्भारेज, एर्लिङ ब्राउट हालान्ड र फिल फोडेनले गोल गर्दा एक गोल उपहार पाएको थियो । बर्नमाउथका जेफर्सन लेर्माले एक गोल फर्काए । 

यो जितसँगै सिटीले शीर्षस्थानमा रहेको आर्सनलसँगको अंक दूरी छोट्याएको छ । अब सिटीले आर्सनलसँगको अंक दूरी २ मा कायम राखेको हो । सिटी २५ खेलबाट ५५ अंकका साथ दोस्रो स्थानमा रहेको छ । 

एक खेल कम खेलेको शीर्षस्थानको आर्सनलको ५७ अंक छ । पराजित बर्नमाउथले २४ खेलबाट २१ अंकका साथ १९औं स्थानमा छ ।  





  • प्रकाशित मिति : फागुन १४, २०७९ आइतबार ७:१२:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया