राप्रपा तत्काल प्रदेश १ सरकारबाट नबाहिरिने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रदेश १ सरकारबाट तत्काल नबाहिरिने भएको छ । 

संघीय सरकार र प्रदेश सरकारबाट अलग भएर समर्थन फिर्ता लिने निर्णय गरे पनि प्रदेश १ सरकारबाट भने तत्काल अलग नहुने राप्रपाका उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले जानकारी दिए । 

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको शनिबारको बैठकपछि राप्रपाबाट संघीय सरकारमा उपप्रधान तथा ऊर्जामन्त्री रहेका राजेन्द्र लिङ्देनसहित मन्त्रीहरुले राजीनामा दिइसकेका छन् ।

प्रदेश १ सरकारबाट भने अहिले अलग हुने निर्णय नभएको र त्यसबारे केन्द्रले पनि निर्देशन नदिएको मन्त्री सिटौलाले जानकारी दिए । उनका अनुसार पार्टीको प्रदेश कमिटीको बैठकले सरकारमा रहने कि नरहने भन्नेबारे निर्णय हुनेछ ।

झापा–४ (२) बाट निर्वाचित सिटौला प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा राप्रपाबाट मन्त्री छन् । प्रदेश १ प्रदेश सभामा एमालेका ३९ र राप्रपाका ६ सांसद छन् । 

९३ सदस्यीय प्रदेशसभामा बहुमतको लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ ।   





  • प्रकाशित मिति : फागुन १४, २०७९ आइतबार १२:३९:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया