पल शाहको मुद्दाको सुनवाइ सकियो, कस्तो आउला फैसला ?

कलाकार पल शाहले जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उच्च अदालत पोखरामा सफाइ माग गर्दै दिएको रिट निवेदनको सुनुवाइ सकिएको छ । 

उच्च अदातल पोखरामा न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजालासमा भएको बहसको सुनवाइ सकिएको हो । 

अदालतका सूचना अधिकारी विष्णुप्रसाद आचार्यले आजै आदेश आउने सक्ने जानकारी दिए । अदालत परिसरमा सञ्चारकर्मीको भीड लागेको छ ।

कलाकार पल शाह सफाइको आदेश आउने प्रतीक्षामा रहेका छन् । उनलाई तनहुँ जिल्ला अदालतले यसअघि सफाइ दिइसकेको छ । 

यस आदेशबाट सफाइ पाए भने उनी डेढ वर्षपछि कारागारमुक्त हुनेछन्, पाएनन् भने थप डेढ वर्ष कारागारमा रहनुपर्नेछ ।





  • प्रकाशित मिति : फागुन १४, २०७९ आइतबार १८:३३:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया