\
पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा मार्सेलीविरुद्ध ३–० को सानदार जित हात पारेको छ । गएराति सम्पन्न खेलमा पिएसजीको जितमा केलियन एमबाप्पेले दुई गोल र लियोनल मेस्सीले एक गोल गरे ।
स्टेड ओरेन्ज भेलो ड्रोम मार्सेमा भएको खेलमा पिएसजीले २५औं मिनेटमा एमबाप्पेको गोलबाट सुरुआती अग्रता लिएको थियो । उनले मेस्सीको पासमा गोल गरेका हुन् । २९औं मिनेटमा मेस्सीले एमबाप्पेको पासमा गोल गर्दै पिएसजीलाई २–० ले अगाडि बढाए ।
५५ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गर्दै पिएसजीलाई ३–० को सानदार जित दिलाए । उनले आफ्नो दोस्रो गोल पनि मेस्सीकै पासमा गरेका थिए ।
यो जितपछि शीर्षस्थानमा रहेको पिएसजीले २५ खेलबाट ६० अंक जोडेको छ । पराजित मार्से ५२ अंकका साथ दोस्रो स्थानमा छ । पिएसजी मार्सेलीभन्दा ८ अंकले अगाडि रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।