आज पनि मेघगर्जनसहित वर्षाको सम्भावना
फरकधार / १५ फागुन, २०७९
यो सामग्री सेयर गर्नुहोस्
फाइल तस्बिर

आज पनि देशका केही स्थानमा मेघगर्जनसहित पानी पर्ने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश र प्रदेश–१ का केही स्थानमा वर्षाको सम्भावना रहेको हो ।  



हिमाली र उच्च पहाडी क्षेत्रका एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको अनुमान छ । आज दिउँसो वर्षाको सम्भावना रहे पनि राति भने पानी नपर्ने मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए ।



उनका अनुसार आज आइतबारको भन्दा कम र भोलि आजको भन्दा कम वर्षाको सम्भावना रहेको छ । आइतबार पानी परेपछि काठमाडौं उपत्यकासहितका क्षेत्रमा प्रदूषण कम भएको छ ।



लामो समयसम्म पानी नपर्दा प्रदूषण बढेको थियो । झन्डै पाँच महिनादेखि पानी नपर्दा काठमाडौं उपत्यकामा धुवाँधुलो र प्रदूषण बढेको थियो । 







  • प्रकाशित मिति : फागुन १५, २०७९ साेमबार ८:१०:१६,   अन्तिम अपडेट : फागुन १५, २०७९ साेमबार ८:१३:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया