शिक्षा मन्त्रालयको सूचनाको धज्जी उडाउँदै ग्लोबल स्टडीले आयोजना गर्यो कार्यक्रम

शैक्षिक परामर्शदाता संस्थाहरुलाई नियमन गर्न तथा यो क्षेत्रमा भइरहेका विभिन्न विकृतीहरुलाई न्यूनिकरण गरेर अगाडि बढ्नका लागि शिक्षा मन्त्रालयले जारी गरेको सूचनालाई बेवास्ता गर्दै शैक्षिक परामर्शदाता कम्पनीले कार्यक्रमका लागि समय तय गरेको पाइएको छ ।

अष्ट्रेलिया, युके, क्यानडा, अमेरिकालगायतका देशमा विद्यार्थी पठाउने गरेको ग्लोबल स्टडीले शिक्षा मन्त्रालयको सूचना बेवास्ता गर्दै सोमबारका लागि भनेर कार्यक्रम तय गरेको हो ।

यसअघि पनि विदेशी लगानीमा सन्चालित अन्य शैक्षिक परामर्शदाता कम्पनीहरुले गरेको कार्यक्रमलाई शिक्षा मन्त्रालयले रोकेको थियो ।

शैक्षिक परामर्शदाता संस्थाहरुका छाता संगठनले नेपालमा रहेर नेपाली कानुन अवज्ञा गर्नेलाई कडा कारवाही गर्नु पर्ने माग राख्दै आएका छन् ।

पछिल्लो समय शिक्षा मन्त्रालयले कसैलाई वा कुनै पनि संस्थालाई शैक्षिक मेला वा विभिन्न शीर्षकमा कुनै पनि कार्यक्रम गर्नका लागि अनुमति नदिएको र यसरी शैक्षिक मेला गरेको खण्डमा कारवाही हुने शिक्षा मन्त्रालयले जनाएको छ ।





  • प्रकाशित मिति : फागुन १५, २०७९ साेमबार ९:९:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया