राष्ट्रपति उम्मेदवार पौडेल र नेम्वाङविरुद्ध परेन उजुरी

राष्ट्रपति उम्मेदवार रामचन्द्र पौडेल र सुवास नेम्वाङविरुद्ध कुनै पनि उजुरी परेको छैन । दुवै उम्मेदवारविरुद्ध कुनै पनि उजुरी नपरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो ।

फागुन २५ गते हुन लागेको राष्ट्रपति पदको निर्वाचनका लागि आठ दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता पौडेल र नेकपा एमालेका उपाध्यक्ष नेम्वाङले फागुन १३ गते उम्मेदवारी दर्ता गराएका थिए ।  

ती उम्मेदवारविरुद्ध दावी विरोध वा उजुरी दिने म्याद १४ गतेसम्म थियो ।

उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने कार्यतालिका १४ र १५ गते निर्धारण गरिएको थियो । तर उम्मेदवारहरूविरुद्ध कुनै पनि उजुरी नपरेकाले सोही ब्यहोराको निर्णय गर्ने सहायक निर्वाचन अधिकृत एवं प्रवक्ता अमृता कुमारी शर्माले जानकारी दिइन् । 





  • प्रकाशित मिति : फागुन १५, २०७९ साेमबार १०:२१:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया